Breaking News

प्रेस सेन्टर नेपालकाे १८औँ स्थापना दिवसका अवसर स्वास्थ्य सामग्री वितरण

By मनासलु

January 29, 2022

गाेरखा । प्रेस सेन्टर नेपालकाे १८ औँ स्थापना दिवसका अवसरमा आज गाेरखा जिल्ला सदरमुकाममा पैदल यात्रु र यातायातका मजदुरहरुलाइ मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण भएकाे छ ।

सेन्टरका केन्द्रीय सदस्य राजेन्द्र न्याैपानेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमा सेन्टरका गाेरखा जिल्ला अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष राजेश श्रेष्ठ, सचिव धन बहादुर तामाङ, सह सचिव सन्दिप सुनार लगायतकाे सहभागिता रहेकाे थियाे ।

पछिल्लाे समय बढेकाे काेराेना भाइरसका कारण स्वास्थ्य जनचेतना जगाउन आवश्यक रहेकाले सडकमा बसेर स्वास्थ्य चेतना सम्प्रेषण गर्न स्वास्थ्य सामग्री वितरण गरी मास्ककाे अनिवार्य प्रयाेग गर्न सचेत गराइएकाे जिल्ला अध्यक्ष गुरुङले बताए । मानिसकाे सबै भन्दा ठूलाे कुरा स्वास्थ्य हाे,जीवन स्वस्थ्य रहे बाँकि काम गर्न सकिने भएकाले स्वास्थ्य सावधानी अपनाउन सर्वसाधरण नागरिक,मजदुरहरुमा अनुराेध गरिएकाे उनकाे भनाइ छ ।

पत्रकारितासँगै नागरिकहरुलाइ स्वास्थ्य, शिक्षा लगायतका विषयमा सचेत गराउनु आफूहरुकाे दायित्व रहेकाे उनले बताए ।