Breaking News

जिल्ला प्रहरी कार्यालय गाेरखाकाे नयाँ भवन आज उद्घाटन हुने

By मनासलु

January 30, 2022

गोरखा । जिल्ला प्रहरी कार्यालय गाेरखाकाे नव निर्मित भवनकाे आज नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्रीले उद्घाटन गर्ने भएका छन् ।   प्रहरी महानिरीक्षक (आइजिपी) थापाले  जिल्ला प्रहरी कार्यालय परिसरमा भुकम्पले क्षति पुर्याएकाे पुरानाे भवन पुनर्निमाण सकिएसंगै साे काे उद्घाटन गर्न लागेका हुन् ।

२०७५ पुस ४ गते सम्झौता भई निर्माण सुरु भएको भवन ८ करोड १ लाख रुपैयाँमा लगानीमा पुनर्निमाण भएकाे हाे । बनेकाे नयाँ भवनमा कार्यालय, हिरासत, ब्यारेक, कार्यालय संरचना निर्माण भएको एसपी शेखर खनालले जानकारी दिए  । प्रहरी निवास, व्यारेक, मेस र प्रशासनिक कार्यालयसहित पाँच वटा भवन निर्माण भएको उनकाे भनाइ छ ।