Breaking News

आठ कराेड लागतमा निर्माण भएकाे प्रहरी भवन आज महानिरिक्षकद्वारा उद्घाटन

By मनासलु

January 30, 2022

गोरखा ।  २०७२ सालकाे भूकम्प पछि पुनर्निमाण भएकाे नेपाल प्रहरी गाेरखाकाे भवन आज प्रहरी महानिरिक्षक शैलेश थापाले उद्घाटन गरेका छन् ।

नेपाल प्रहरी गाेरखाकाे नव निर्मित भवन । तस्वीर राजेन्द्र न्याैपाने

नेपाल सरकारकाे ८ कराेड १ लाख ३७ हजार १ सय ९५ रुपैया लगानीमा निर्माण भएकाे जिल्ला प्रहरी कार्यालय भवनकाे निर्माण लागि २०७५ पुस ४ गते रोयल कन्ट्रक्सन धनगढीसंग सम्झौता भएकाे थियाे ।

१२ रोपनी जग्गामा आरसिसि फ्रेम, स्टक्चर अवधारणामा ३ तले कार्यालय भवन, महिला पुरुष  थुनुवा कक्ष सहितको ४० जना क्षमता रहेको २ तले हिरासत भवन, १ तले कार्यालय प्रमुख निवास, १०८ जना प्रहरी कर्मचारीहरु क्षमता भएको ३ तले ब्यारेक भवन, ३ तले सिनियर प्रहरी अधिकृत आवास र २ तले मेस भवनको निर्माण सम्पन्न भएको गाेरखाका प्रहरी प्रमुख शेखर खनालले बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रहरी महानिरिक्षक थापाले नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न गोरखा प्रहरीलाई निर्देशन दिएका छन्। थापा कार्यक्रम सकेर काठमाण्डाै तर्फ लागेका छन् ।