साँकेतिक तस्वीर

अपराध/ दुर्घटना

जन्म दिन मनाउन बन्दीपुर हिडेका दुइ जनाकाे दुर्घटनामा मृत्यु

By मनासलु

February 01, 2022

दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लु १ ख ९८३२ नम्बरको ट्रकबाट ठक्करबाट ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सोमबार अनिलको जन्मदिन थियो । अनिल जन्मदिन मनाउनका लागि बन्दीपुर जॉदै थिए। तर अनिलले आफ्नो जन्मदिनकै दिन ज्यान गुमाएका छन् ।