Breaking News

पालुङटारमा तीनवटा लिफ्टिङ्ग खानेपानी आयाेजनाकाे एकसाथ शिलान्याश, ४१ कराेड भन्दा धेरै लागत दुइ हजार ५०० घरधुरी लाभान्वित हुने

By मनासलु

February 02, 2022

गोरखा १९,पालुङटार । पालुङटार नगरपालिका भित्र रहेका १ देखि ६ नम्बर वडाका नागरिकहरुलाइ पिउनेपानी पुर्याउने उदेश्यले आज एक कार्यक्रमका वीच तीन वटा लिफ्टिङ्ग खानेपानी आयाेजनाकाे एकसाथ शिलान्याश भएकाे छ । पालुङटार नगरपालिका प्रमुख दिपकबाबु कँडेलले आयाेजनाकाे उद्घाटन गरेका हुन् । भ्याट सहित ४१ कराेड भन्दा बढी रकम लगानीमा वृहत खानेपानी आयाेजना निर्माण हुने भएकाे छ ।

पालुङटार नगरपालिकाकाे समन्वयमा संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङ्गकाे आयाेजनामा   ४१ कराेड १६ लाख ९३ हजार ४ सय १७ रुपैया लगानीमा आयाेजना निर्माण हुने भएकाे हाे ।

छ वटा वडाका दुइ हजार पाँचसय भन्दा धेरै घरधुरीले पानी प्रयाेग गर्ने आयाेजनाका प्रमुख संघिय खानेपानी तथा ढल व्यवस्थापन आयाेजना लमजुङ्गका प्रमुख देवेन्द्र कुमार झाले जानकारी दिए ।

खानेपानी आयाेजनाभित्र चेपेखाेला र मिर्दि खाेलाकाे दाेभानबाट लिगलिगकाेट लिफ्टिङ्ग खानेपानी आयाेजना, भुसुण्डेकाे धारा नजिकैबाट खुर्पाजुङ्ग लिफ्टिङ्ग खानेपानी आयाेजना, मर्स्याङ्गदी नदिबाट देउकाेट लिफ्टिङ्ग खानेपानी आयाेजना रहेका छन् ।

आयाेजना निर्माणमा पालुङटार नगरपालिकाकाे ५८ लाख ५८ हजार रुपैया लगानी रहने  उपभाेक्ताबाट ९ प्रतिशत श्रमदान गराइने उपभाेक्ता समितिका मान बहादुर पाैडेलले जानकारी दिए । आयाेजना सम्पन्न भएपछि १० वर्षसम्म बढ्ने जनसँख्यालाइ समेत पानीकाे अभाव नहुने पालुङटारनगरपालिका उपप्रमुख पम्फा बसेलले बताइन ।

उक्त कार्यक्रममा उपभाेक्ता समितिका अध्यक्ष विमल ढकाल, प्रमुख अतिथि नगर प्रमुख ई. दिपक बाबु कंडेल, विशेष अतिथिहरु  नगर उपप्रमुख पम्फा बसेल, संघिय खानेपानी तथा ढल व्यवस्थापन लमजुङ्ग प्रमुख देवेन्द्र कुमार झा नगरशिक्षा अधिकारी बाबुराम काराखेती, अतिथि वडाअध्यक्षहरु  वडा नं १, ३, ४ अन्य अमरज्याेति माविका पूर्व शिक्षक यमप्रसाद भट्टराई लगायतकाे सहभागिता रहेकाे थियाे ।