साँकेतिक तस्वीर

अपराध/ दुर्घटना

भीरबाट लडेर शिक्षककाे मृत्यु

By मनासलु

February 04, 2022

गाेरखा- लम्जुङकाे दुधपाेखरी गाउँपालिका-१, कल्लाबारीकाे एक विद्यालयका शिक्षक शुसिल अधिकारीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ । अजिरकाेट गाउँपालिका-३, हंसपुर घर भएका शिक्षक अधिकारीकाे विहिबार राती भिरबाट लडेर मुत्यु भएकाे हाे ।

किनमेलका लागि भच्चेकबजारमा गएका शिक्षक अधिकारी राती अवेरसम्म नफर्किएपछि उनकाे खाेजतलास गरिएकाे थियाे । प्रहरीका अनुसार, स्थानीयले बाटाेमा घटना भएकाे छ जानकारी दिएपछि शुक्रबार भच्चेकबाट गएकाे प्रहरीकाे टाेलीले शिक्षक अधिकारीकाे मुत्यु भएकाे पुष्टि गरेकाे हाे ।

लमजुङकाे बिचौरमा श्रीमतीसंग बस्दै आएका अधिकारी रातीसम्म पनि डेरामा नपुगे पछि उनका श्रीमतीले आफन्तलाई खबर गरेको र शुक्रबार खोजी गर्ने क्रममा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

उनकाे सिस्नेरी भिरबाट लडेर १५० मिटर तल मृत्त शरिर फेला परेको प्रहरीले जनाएकाे छ । शिक्षक अधिकारीको शव अहिले पोष्टमार्टमका लागि गोरखा अस्पतालमा रहेकाे छ ।