फागुन ४, गोरखा । जिल्लाकाे शहीद लखन गाऊँपालिका वडा नम्वर ९ नामजुङमा गएराती रातमा ८ वटा घर र एउटा विद्यालयमा चोरी भएको छ । चाेरी गर्नेहरुकाे खाेजी कार्यलाइ तीब्र पारिएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।
मँगलबार राती घर र विद्यालयमा तोडफोड गरी चोरीका घटना भएको स्थानीय सुजन भण्डारीले जानकारी दिए । चाेरी भएकाे थाहा पाएपछि प्रहरी चाैकी बुँकाेट चाैकीबाट गएकाे प्रहरी टाेलीले चाेरी भएका घर र विद्यालयकाे मुचुल्का तयार गरेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।
चाेरले नगद सहितका धनमाल चाेरी गरेकाे गाउँलेहरुले बताएका छन् । स्थानीय एक नागरिकका अनुसार स्थानीयकै सहयाेगमा बाहिरबाट आएका चाेरहरुले एकसाथ चाेरी गरेका हुन् ।