काठमाण्डौं । नेपाली चलचित्र जगतको सफल कलाकार द्वय दयाहाङ राई र नम्रता श्रेष्ठको चलचित्र बरदान युट्युबको ट्रेन्डिङमा रहेको छ ।
दिपेन्द्र लामाको लेखन र निर्देशन रहेको छोटो चलचित्रमा कलाकार द्वयको अलावा लुनिभा तुलाधर, पुष्कर गुरुङ, प्रविन खतिवडा, सारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा र कृष्णभक्त महर्जन समेतको अभिनय रहेको छ । चलचित्र एक डिप्रेशनको शिकार भएकी युवती कसरी अरुको जिवन बदल्ने बरदान सावित भइन् भन्ने कथामा बनेको छ ।
(भिडियो हेर्नुहोस्)