अपराध/ दुर्घटना

असिना र पानीका कारण वालीनालीमा क्षेती

By मनासलु

February 21, 2022

आइतबार अपराह्न पोखरा र आसपासका क्षेत्रमा भिषणरुपमा असिना वर्षा भएको छ । असिनाले हिउँदे बालीमा व्यापक क्षेती पुर्याएकाे अनुमान गरिएको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको बताए ।

उनले बेमौसमी तरकारी यसले ठूलो क्षेती पु¥याएको जानकारी दिए । ‘पोखराको हेम्जा र मालेपाटन लगायतका विभिन्न तरकारी खेती हुने क्षेत्रमा हसिनाले व्यापक क्षेती पु¥याएको छ ।

यसको यकिन भने फिल्डमा पुगेर नहेरी र किसानसंग जानकारी नदिई यति नै क्षेति भयो भन्न सकिन्न । तर, व्यापक क्षेति पुर्याएकाे छ उनले भने ।

आलु, रायो लगायतका तरकारी बाली लगाएको जमिनमा केको खेति थियो भन्ने नै नदेखिनेगरी असिनाको खात लागेको देखिन्छ । असिनाका कारण चारपांग्रे सवारी साधन समेत चल्न नसक्ने अवस्था आएको देखिएको छ ।

पोखराको चिप्लेढुंगा, महेन्द्रपुल, सभागृह, मालेपाटन, गैह्रापाटन लगायतका क्षेत्रका सडकमा असिनाको खात परेको छ ।