गोरखा सेवा समाज नेपालको अध्यक्षमा ईमानजंग बानियाँ निर्विराेध छनाैट भएका छन् । समाजकाे आयोजनामा जिल्ला सदरमुकाममा शुक्रबार भएको चाैँथाे साधारण सभा र दोस्रो अधिवेशनबाट बानियाँ अध्यक्षमा चयन भएका हुन् ।अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा गणेश बानियाँ, सचिवमा हिक्मदिन मियाँ र कोषाध्यक्षमा काजिराम बानियाँ चयन भएका छन् ।
सदस्यहरुमा सन्दिप खत्री, सोम श्रेष्ठ, प्रेमप्रसाद पनेरु, मूस्तफा मियाँ र रिक्तबहादुर बानियाँ चयन भएका छन् । कार्यक्रममा अधिवेशनमा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, बिशेष अतिथि शिक्षा बिकास तथा समन्वय ईकाइ गोरखाका प्रमुख विण्णुप्रसाद भट्टराई तथा अतिथीहरु गोरखा सेवा समाज नेपालका सल्लाहकार सुदर्शन भट्ट, गोरखा सेवा समाज कतारका संरक्षक श्रीकृष्ण भट्टराई र गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले शुभ कामना मन्तब्य राखेका थिए ।
समाजले विपन्न विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने , जिल्लामा सँकट परेका बारे अत्यावश्यक सहयाेग गर्ने काम गर्दै आएकाे छ ।