राजनीति

नेपाल बारकाे महासचिवमा खनाल निर्वाचित

By मनासलु

April 10, 2022

गोरखा । गोरखा जिल्ला निवासी अन्जिता खनाल नेपाल बारको महासचिवमा निर्वाचित भएकी छिन् । खनाल गठबन्धनबाट महासचिवमा निर्वाचित भएकी हुन् ।

चैत्र १९ गते भएको निर्वाचन गोरखा नरपालिका ८ बराह निवासी खनाल सत्ता गठबन्धमा आबद्व दलहरु निकट कानुन ब्यवसायीहरुको संयुत्त प्यानलबाट ३ हजार ६८२ मत पाएर बिजयी भएको हो । उनका प्रतिद्ववन्दी केदारप्रसाद कोइरालाले केबल ६९३ मत मात्र प्राप्त गरेका थिए ।

लामो समयदेखी कानुनी ब्यवसाय गर्दै आएकी खनालले राजधानीलाई कार्य क्षेत्र बनाएर काम गर्दै आएकी छिन् । नेपाल बारको ईतिहासमा महासचिव पदमा महिला निर्वाचित भएको यो नै पहिलो पटक हो ।

९ हजार ७०८ जनाले मतदान गरेको बारको अध्यक्षमा गोपाल कृण्ण घिमिरेको प्यान बिजयी भएको थियो ।