Breaking News

निर्वाचन आयाेगकाे अनुगमन सँयन्त्र सक्रिय

By मनासलु

April 13, 2022

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आचारसंहिता अनुगमन गर्न केन्द्र, जिल्ला, निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र खडा गरेको आयोगले आचारसंहिताको पालनामा कडाइ गर्न संयन्त्रलाई सक्रिय तुल्याएको जानकारी दिएका हुन् ।

उनका अनुसार चारवटै संयन्त्रले आचारसंहिता पालनाको अनुगमन र कारबाही गर्न सक्नेछ। वैशाख लागेपछि मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त हुने भएकाले आयोगले अहिले त्यो अधिकार हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको छ। आयोगले आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीयस्तरमा अनुगमन संयन्त्र खडा गरेको छ। सो समितिमा प्रधानमन्त्री कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिवहरू सदस्य रहेका छन्।

आयाेगले नेपाल पत्रकार महासँघ र प्रेस काउन्सिल नेपालसँग सहकार्य गरी देशका ७ वटै प्रदेशमाध आचारसँहिता पालना सम्बन्धि कार्यक्रम लिएर अघि बढेकाे छ ।