Breaking News

पूर्व मन्त्री काेइराला शुक्लागण्डकी नगर प्रमुखकाे उम्मेदवारमा सिफारिस

By मनासलु

April 17, 2022

नेकपा माओवादी केन्द्रले तनहुँको शुक्ला गण्डकी नगरपालिकाको मेयर पदका लागि संघीय सरकारकी पूर्वमन्त्री आशा कोइरालालाई सर्वसम्मत सिफारिस गरेको छ । शनिबार बसेको नगर कमिटी बैठकले गण्डकी प्रदेश सांसद पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री कोइरालालाई मेयर बनाउने निर्णय गरेको हो।

‘पार्टीका साथीहरुको तपाईं मेयरमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा थियो’ रातोपाटीसँग कुरा गर्दै कोइरालाले भनिन्, संघीय मन्त्री भएको, प्रदेश सांसद भएको पार्टीको केन्द्रीय सदस्यमा पनि छु । के गरौं भन्ने भएको थियो । साथीहरू अपेक्षालाई टार्न सकिन स्वीकार गरे’ गठबन्धन हुने भएपछि उपमेयर नाम सिफारिस नभएको कोइरालाले बताइन् ।

कोइरालाले ०७४ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी तनहुँ क्षेत्र नं २ (क) बाट सांसद चुनिएकी थिइन् ।