Breaking News

पहेँलाे धातु देखाएर सुन भनि ठगि गर्ने तीन जना गाेरखामा पक्राउ

By मनासलु

April 18, 2022

गाेरखा ।  पहेँलाे धातु देखाएर सुन भनि ठगी गर्दै हिड्ने तीन जना नागरिकलाइ गाेरखा प्रहरीले पक्राउ गरेकाे छ ।   संखुवासभा चिचिला गाउँपालिका वडा नं १ का ५२ वर्षीय जुर्णबहादुर गुरुङ, बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ९ का ४४ वर्षीय जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका वडा नं १ का ४१ वर्षीय गान्दिप कुमार बस्नेत पक्राउ परेका   जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

गोरखा नगरपालिका वडा नं ६ घ्याम्पेसालचोकबाट शंकास्पद अवस्थामा शुक्रवार उनीहरुलाई पक्राउ गरिएको हाे । पक्राउ परेका उनीहरुबाट पहेलो रंग लगाएको सुन जस्तो देखि धातु समेत वरामद गरिएकाे उनले बताए ।

जिल्ला प्रहरीमा  पाँच जना पिडितले ठगी कसूर मुद्धामा जाहेरी दिएका छन् । पिडित पाँच जनाबाट आठ तोला ६५ लाल बराबरको सुनका गरगहना, एक थान मोबाईल र ३१ हजार नगद ठगी गरेको जाहेरी प्राप्त भएकाे डिएसपी लामिछानेले बताए ।

पक्राउ परेको तीन जनालाई आइतबार ठगी कसूर अन्र्तगत मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।