साँकेतिक तस्वीर

Breaking News

गाेरखा नगरपालिका ८ आहालेमा भएकाे स्कुटर दुर्घटनाका घाइतेकाे उपचार क्रममा मृत्यु

By मनासलु

April 22, 2022

गोरखा । जिल्ला सदरमुकाममा बुधबार भएको स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ८ रानिबनका १९ बर्षिय मनिष अधिकारी रहेका छन् ।

बुधबार साँझ ६ बजे गोरखा नगरपालिका ८ को आहालेमा रहेको शसत्र क्याम्प नजिकैको खोल्सीमा गोरखा बजारबाट कोखे आहाले तर्फ जादै गरेको प्रदेश ३–०२–०१० प ४९७९ को भेस्पा स्कुटर अनियन्त्रीत भएर दुर्घटना हुदा गोरखा नगर पालिका ८ बस्ने १९ बर्षका अधिकारी गंभिर घाईते भएका थिए ।

दुर्घटनामा परी अधिकारीको नाक, मुख, कानबाट रगत आएको थियो । उनलाई तत्कालै गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछी राजधानी रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । उनी संगै सोही स्कुटरमा सवार गोरखा नगरपालिका ४ बस्ने १८ को विवेक थापा  उपचार पछि घर फर्किएका छन् ।