गाेरखा । जिल्लाका कुनैपनि स्थानीय तहका जनप्रतिनिधिहरुले आजका मिति सम्म राजिनामा गरेका छैनन् । यसबाट स्थानीय तहमा हाल कायम रहेका जनप्रतिनिधिहरु दाेहाेरिने सम्भावना न्यून रहेकाे पाइन्छ । गठबन्धन दलहरुकाे बैठक यतिबेला हाेटल गार्डेनमा बसिरहेकाे छ । राती अवेर सम्म भएपनि एउटा सन्देश प्राप्त हुने नेपालीका काँग्रेसका जिल्ला सभापति नन्द प्रसाद न्याैपानेले बताए ।
गठबन्धन नै गर्ने भए एमालेलाइ समेत मिलाएर जिल्लाका ११ स्थानीय तह र ९४ वटामा निर्विराेध समिति चयन गर्न समेत कतिपयले सुझाव दिएका छन् ।
गठबन्धन दलहरुमा सहमति नभएका कारण स्थानीय तहका जनप्रतिनिधिहरुले राजिनामा नगरेकाे कतिपय आङ्कलन रहेकाे छ । १२ गते सम्म मनाेनयन गर्ने समय रहेकाले ११ गते सम्म राजिनामा गर्न सक्ने मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश दिनबन्धु बरालले बताए ।
जनप्रतिनिधिमा पुन: उम्मेदवारी दिन चाहनेहरुले अन्य जिल्लामा राजिनामा गरिरहेका बेला गाेरखामा भने अहिले सम्म कसैले पनि पद दाेहाेर्याउने पक्षमा रहेर राजिनामा नगरेका हुन् ।