बैशाख १०, आँवुखैरेनी । आसन्न स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट ऋषि के.सी. उम्मेद्वार चयन भएका छन् । शुक्रबार बसेको प्रदेश सचिवालय बैठकले आँबुखैरेनीको अध्यक्षमा ऋषि के.सी.लाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।
प्रदेश कमिटिले तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षको मात्रै टुंगो लगाईएको छ । यद्यपि अझैपनि उपाध्यक्षको उम्मेद्वार भने टुंगो लगाईसकेको छैन ।