एन्फा गाेरखा अध्यक्षमा गुरुङ निर्वाचित

मङ्लबार, बैशाख २०, २०७९

गाेरखा । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको अध्यक्षमा बिशाल गुरुङ निर्वाचित भएका छन् । मंगलवार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ र महासचिव बिशाल गुरुङ बिच भएको प्रतिस्पर्धामा गुरुङले ६ र श्रेष्ठले ४ मत प्राप्त गरे । ११ क्लव सदस्य रहेको एन्फामा एउटा मतपत्र बदर भएकाे थियाे ।

उपाध्यक्षमा उपाध्यक्षमा सन्दिप पन्थी, बिकास तामाङ कमल पोखरेल चयन भएका छन् । तीनवटा उपाध्यक्षका लागि चार जना प्रतिस्पर्धामा थिए ।

सदस्यहरुमा छितिज गुरुङ, अमित खत्री, सुजन तामाङ, सबिन केसी, रबिन थापा, सिमोन श्रेष्ठ, जिबन गुरुङ अनिल श्रेष्ठ चयन भएका छन् । सदस्यमा १४ जना बिच प्रतिस्पर्धा भएको निर्वाचन अधिकृत स्थानेश्वर दवाडीले बताए । निर्वाचित सदस्यबाट कार्यसमितिलाई पूर्णता दिने एन्फाले जनाएको छ । पटक पटक स्थगित हुँदै आएकाे अधिवेशन आज सम्पन्न भएकाे हाे । गुरुङकाे नेतृत्वले जिल्लाकाे खेलकुदलाइ अघि बढाउने अपेक्षा गरिएकाे छ ।