गाेरखा । शहिदलखन गाउँपालिका कार्यपालिका सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका ३ जना र नेपाली काँग्रेसका ३ जना निर्वाचित भएका छन् ।
खुला महिला सदस्यमा माओवादी केन्द्रबाट विमला ढुँगाना, दलित महिला सदस्यमा गिता परियार, सिमान्तकृत समुदायबाट कृष्ण बहादुर प्रजा नेपाली काँग्रेसबाट खुला महिला सदस्यमा लिना थापा मगर, हस्त कुमारी गुरुङ, दलित महिला शाेभा मग्राति निर्वाचित भएका हुन् ।
कार्यपालिका गठनसँगै शहिद लखन गाऊँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १६ सदस्यीय कार्यपाालिका र ४८ सदस्य रहेको गाऊँसभाले पूर्णता पाएको हाे ।