Breaking News

स्थानीय नागरिकहरुकाे सक्रियतामा पुस्तकालय भवन निर्माण

By मनासलु

June 29, 2022

गाेरखा । विनासकारी भूकम्पले क्षतिग्रस्त गाेरखा तिनधारेकाे त्रिभुवन पुस्तकालय स्थानीयबासीको सक्रियतामा पुनर्निर्माण भएको छ । गोरखा नगरपालिका वडा नं. ६ तीनधारेमा पुनर्निर्मित तीनतले पुस्तकालय भवनको आज मेयर कृष्णबहादुर राना मगरले उद्घाटन गरेका छन् । २००८ सालमा स्थापना भएको गोरखाकै जेठो सो पुस्तकालय भवन स्थानीय निर्माण समितिले ४८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेका हुन् ।

भवन पुनर्निर्माणका लागि गोरखा नगरपालिकाले २३ लाख मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले १० लाख, अशोक श्रेष्ठले पाँचलाख, मोहनलाल श्रेष्ठले पाँचलाख प्रदान गरेका राजुबाबु श्रेष्ठले जानकारी दिए ।

गाेरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना मगरले पुस्तकालय संचालन गर्न आवस्यक सहयोग गर्ने बताए । ‘यो क्षेत्र गोरखाको ऐतिहासिक क्षेत्र हो, यसलाई सम्पदा बस्तीको रुपमा बिकास गर्ने तपाईहरुको योजना अनुसार नगरपालिकाले कार्यक्रम बनाएको छ’  ।

उपप्रमुख मसलीमाया थोकरले पुस्तकालयले ज्ञानको स्तर बढाउन मद्धत पुग्ने भएकाले अहिलेको पुस्तालाई पुस्तक पढ्ने बानीकाे विकास गराउन आवश्यक रहेकाे बताइन ।

कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रकुमार जोशी, दाताहरु राजेशबाबु श्रेष्ठ, अशोकबाबु श्रेष्ठ, द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडी, पुस्तकालय भवन निर्माणका समन्वयकर्ता डाक्टर राजुबाबु श्रेष्ठ, निर्माण समितिका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।