छेपेटार व्यापार मेलामा असाेज २ गते इन्द्रेणी समूह आउने

शुक्रबार, भदौ ३१, २०७९

गाेरखा । कृषि पर्यटन सास्कृतिक तथा व्यापार मेला छेपेटार गोरखामा आइबार इन्द्रेणी समूह आउने आयाेजकले बताएकाे छ । तामाङ समाज गाेरखा शाखाकाे आयाेजनामा भदाै २३ गते देखि चलिररहेकाे मेला असाेज ४ गते सम्म सञ्चालन हुनेछ ।

इन्द्रेणीका कलाकार कृष्ण कँडेल सहितकाे टाेली गाेरखा आउन लागेकाे मेला आयाेजकका सँयाेजक बुद्धदाेङ तामाङले जानकारी दिए ।