फ्रान्सेली टाेली गाेरखा भ्रमणमा

बिहिबार, असाेज ६, २०७९

गाेरखा । फ्रान्सबाट आएका डाक्टर टाेलीले गाेरखा निर्वाचन क्षेत्र नम्बर २ काे भ्रमण गरेकाे छ ।  भ्रमणका क्रममा टाेलीले पालुङ्टार वडा नम्बर ९ काे स्वास्थ्य चाैकी अवलाेकन गर्दै आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएकाे छ

पर्यटन व्यावसायी धन बहादुर गुरुङकाे नेतृत्वमा आएकाे टाेली केही दिन गाेरखाकाे अवलाेकनमा रहने छ । नयाँ ट्रेकिङ रुटकाे खाेजी गर्दै टानका उपाध्यक्ष समेत रहेका गुरुङले पर्यटकहरुलाइ गाेरखा ल्याएका हुन् ।