गोरखा । गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित तोरीस्वाराँमा आगलागी भएको छ । आगलागीबाट गोठ जलेर पूर्ण क्षति भएको छ । तर मानविय क्षती भने हुन नपाएको वडाध्यक्ष कोकिल पुलामी मगरले जानकारी दिए ।
गण्डकी गाउँपालिका–८ स्थित तोरीस्वाँराका बिष्णु श्रेष्ठको घर संगै रहेको गोट मध्यान्ह्र करिब १२ः०६ बजे आगलागी हुँदा पूर्ण क्षति भएको वडाध्यक्ष मगरले बताए ।