धार्चेमा ताताेपानी मेला हुने

शुक्रबार, माघ १३, २०७९
फाइल फाेटाे, भलिबल खेल
गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिकामा ताताेपानी मेला  २०७९ हुने भएकाे छ । काेराेना सँक्रमणकाे कारण राेकिएकाे मेला यस अघिका वर्षहरुमा जस्तै कला, सँस्कृतिकाे रक्षा र पर्यटन प्रवर्दनमा सहयाेग पुगाेस भन्ने उदेश्यका साथ गर्न लागिएकाे मेला सँयाेजक मिन बहादुर सुनारले बताए । कार्यक्रम माघ १६ गतेदेखि २० गतेसम्म चल्ने उनकाे भनाइ छ ।
अग्रज श्रष्टा र खेलाडीलाई सम्मान , कला सस्कृति र पर्यटन प्रवर्दन हाम्रो अभियान भन्ने मुल नाराका साथ तातोपानी क्षेत्र संरक्षण तथा सम्बर्धन विकास केन्द्रद्वारा आयोजना गरिएकाे हाे ।  कार्यक्रममा खुल्ला भलिबल तथा विविध सास्कृतिक कार्यक्रम साथमा कृषि प्रद्रशनि मेला हुनेछन् ।
कार्यक्रम तथा  पुरस्कार 
१ खुल्ला भलिबल प्रतियोगित ८०,००० / ६०,०००/४००००
२ लोक नृत्य “
३ लोक दोहोरी गित “
४ सटफुट “
५ धार्चे तारा सिजन ३
#भलिबल टिम दर्ता शुल्क : रु ८०००/ २०७९/१०/१५ गते ।
# मेला हुने स्थान : धार्चे गा पा ३ खोर्लाबेशी गोर्खा ।
#कार्यक्रम उदघाटन : २०७९/१०/१६ गते मधयन ११:३०
# लाईभ दोहोरी राष्ट्रिय तथा स्थानीय कलाकारको  प्रस्तुति रहने छ ।
कार्यक्रम अवलाेकनका लागि आयाेजकले सबैलाइ ताताेपानी आउन अनुराेध गरेकाे छ ।