काेशी प्रदेश नामाकरणका विरुद्ध गण्डकीका १४ आदिवासी जनजाति महासँघ एक ठाउँ

आइतवार, बैशाख १७, २०८०

पोखरा। कोशी प्रदेश नामाकरणका विरुद्ध १४ वटा आदिवासी जनजाति महासँघ एक ठाउँ उभिएका छन् । आज पाेखरामा आयाेजित पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ काे नाम आदिवासी जनजातिहरुसँग कुनै छलफल नै नगरी राखिएकाे  र त्यसले आफूहरुकाे पहिचानमा धक्का पुगेकाे बताएका थिए ।

आन्दोलन कोशी प्रदेशमा मात्र सिमित नरहेकाे उनीहरुले बताएका छन् । पहिचानवादी आन्दोलनले  देशभर  तरङ्गीत बनाएको छ।

पहिचान पक्षधरहरूले पत्रकार सम्मेलन मार्फत ऐक्यबद्धता जनाएका छन। किराँत सेवा समाज र किराँत याक्थुङ चुम्लुङको आयोजनमा कास्कीमा क्रियाशिल १४ वटा आदिवासी जनजाती महासंघ एवम सस्थाहरूले प्रदेश न.१ मा भएको पहिचानको आन्दोलन प्रति समर्थन तथा एकिवद्धता जनाएका हुन ।पत्रकार सम्मेलन मार्फत ‘कोशी प्रदेश’ नाम खारेजको माग उनीहरुले  गरेका छन।

हेर्नुहाेस विज्ञप्ती