गाेरखा । गण्डकी प्रदेशकाे प्रेस सेन्टरकाे साधारणसभा तयारी पूरा भएकाे प्रदेश मुख्य सचिव सन्ताेष गाैतमले बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार विहान ११ बजे सभाकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे उनले बताए ।
सभामा भाग लिनका लागि गण्डकी प्रदेश अन्तर्गत रहेका मनाङ, मुस्ताङ, स्याङ्जा, पर्वत, बागलुङ, कास्की, नवलपुर, तनहुँ, कास्की, लमजुङ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरु जिल्ला आइपुगेका हुन् । एकसय जनाकाे सँख्यामा सहभागिता रहने प्रदेश अध्यक्ष अर्जुन काफ्लेले जानकारी दिए ।
साधारणसभाले गण्डकी प्रदेशकाे पत्रकारितालाइ थप बलियाे बनाउने गरी वृहत छलफल गरी गाेरखा घाेषणापत्र जारी गर्ने उनले बताए ।
सभामा भाग लिनका लागि अतिथिहरु आउने क्रम रहेकाे सेन्टरले जनाएकाे छ । कार्यक्रम हाेटल प्यालेसकाे सभाहलमा हुने जिल्ला अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशलाइ पत्रकारिता क्षेत्रमा अब्बल कायम राख्न सेन्टरले महासँघकाे सदस्यता शुद्धिकरणलाइ कडाइका साथ अघि बढाउने नीति लिएकाे सेन्टरका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले बताए ।