Breaking News

शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक : गृहमन्त्री श्रेष्ठ

By मनासलु

May 21, 2023

गोरखा।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) आज  गोरखा आइपुगेका छन् ।

गृहमन्त्री श्रेष्ठ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारणसभाको समुद्घाटन गर्न गोरखा आएका हुन् ।

गृह जिल्ला आईपुग्नुभएका श्रेष्ठले कार्यक्रम शुरु हुनु अघि कार्यकर्ता भेटघाट गर्नुहुदै शान्तिपुणर् कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बताए ।

उहाले सरकार, सदन र सडक तिन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे ।

सामाजिक न्याय सहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न गृहमन्त्री श्रेष्ठले अपिल गरे ।

गृहमन्त्री श्रेष्ठले जोसुकै भएपनि भ्रष्टाचारीलाई नछाड्ने बताउनुभएको छ । जुन सुकै पार्टीको होस् जो सुकै होस् भ्रष्टाचारी लाई कार्वाही गर्ने उहाले प्रतिबद्धता व्यक्त गरे ।

अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोहि नेताकार्यकर्ता दोषी देखिए उनीहरुलाई पनि कार्वाही गरिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रुपान्तरण सहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताए ।

उहाले पार्टी भित्र गुट बनाउनु अपराध भएको बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सम्पुर्ण नेताकार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै श्रेष्ठले भने, कोही कसैले गुटबन्दी गरेको छ भने त्यो अपराध हो उनले नेकपा माओवादी केन्द्र बृहत बाम समाजवादी एकताको पक्षमा रहेको पनि बताए । एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौ श्रेष्ठले भने, छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौ ।