राजेन्द्र न्यौपाने साउन ३ गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ । गोरखाको गण्डकी गाउँपालिका स्थित सिउरेनीटारमा प्रधानमन्त्री दाहालले फिल्ड कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्ेटल, गोरखा र धादिङका साँसदहरुको सहभागिता रहेको थियो । फिल्ड कार्यालय उद्घाटन गर्नु अघि प्रधानमन्त्री दाहालले बुढी गण्डकी जलविद्युत निर्माण क्षेत्रको निरीक्षण गरेका थिए ।