भदाै, १ गाेरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको भ्रष्टाचार विरुद्धको अभियानमा कुनै पनि भ्रष्टचारीलाइ नछाड्ने बताएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिका –३, भच्चेक स्थित भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले बर्तमान सरकार रहुन्जेलसम्म भ्रष्टाचार बिरुद्धको अभियान नरोकिने बताएका हुन् ।
‘कोही निर्देष पस्ने काम हुदैन, गृहमन्त्री श्रेष्ठ भने, ‘तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुदैन, जुन बेलासम्म सरकार रहन्छ त्यतिवेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रुपमा निरन्तर अगाडी बढाउनेछ ।’ उहाँले अपराध गर्नेहरुलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘आममिटरव्याजी पिडित जनतालाई न्यायदिन मिटरव्याजी बिरुद्धको अभियान पनि चल्दैछ, गृहमन्त्री श्रेष्ठले भने, जतिजति सुशासनको अभियान चल्दैछ र जनताको पक्षमा काम हुदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्करहरु आत्तिएर सरकारलाई अगाडी बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि बिभिन्न षडयन्त्र गरिरहेका छन् ।’ उनले समाजमा राम्रा र खराव दुवै प्रबृतिको मान्छे हुने भएकाले राम्रो काम गर्दा खराब प्रवृतिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफुहरुले राम्रोसंग बुझेको बताए ।
‘सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेहरुले त्यसलाई सहजै अगाडी बढ्न दिदैनन्, उनले भने, यो नियम नै हो, त्यसकारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्करहरु छटपटियो तिनका संरक्षकहरु सल्वलायो, सरकारलाई अफ्टयारो पार्याे भनेर तै चुप मै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौ ।’
गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पुरागर्दै आनन्दले बाँच्न पाउने गरी जनताले नयाँ जीवनको अनुभूति गर्नेखालको समाज रुपान्तरण गर्न चाहेको बताउनुभयो । ‘अव नागरिकहरुले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकताहरु पुरा पनि भयो र हामीले नयाँ जीवन पायौैँ भनेर अनुभूति गर्न पाओस, उहाँले भन्नुभयो, भ्रष्ट, अपराधी, दलाल र तस्करहरुले भने अव हाम्रा दिन गएछ भनेर बुझ्ने दिन आवोस्, हामी त्यस्तो देश बनाउन चाहान्छौ ।’
उहाँले संघिय सरकारले देशको सामाजिक र आर्थिक क्षेत्रको रुपान्तरणका लागि सुशासन र सम्बृद्धिको अभियानलाई केन्द्रविन्दु राखेर अघि बढेको बताउनुभयो । ‘सरकार सवै खालका अपराधहरु माथि नियन्त्रण गर्दै र त्यसमा संलग्न दोषीलाई कानुनको कठघरामा ल्याउने र कारवाही गर्ने प्रक्रियामा अघि बढिरहेको छ, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘दोषीलाई कारवाही गर्दा अवत पुग्यो भनेर बिश्राम लिने पक्षमा छैनौ, नेपालमा सुशासन स्थापित गर्न र जनतालाई विकासको प्रतिफल दिनका लागि हामी निरन्तर दृढता पूर्वक अगाडी बढ्नेछौ ।
गृहमन्त्री श्रष्ठले मन्त्रीलाई धक्की दिएर, घेराबन्दीमा राखेर गलत प्रबृति बोकेका कसैको पनि सपना पुरा हुन नदिने बताए । ‘मन्त्रीलाई काम गर्न नदिएर, सरकारलाई अफ्यारो पारेर भ्रष्टाचार बिरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ, उनले भने, हामी पदका लागि पदमा गएका होइनौ, देश र जनताको निम्ति काम गर्न गएका हौ, जुनबिन्दुसम्म पदमा बस्छौ, देश र जनताका निम्ति सर्मपित भएर काम गर्छौ,र यो अभियान विर्सजित गर्दैनौ, यो अभियानलाई निरन्तर अगाडी बढाउछौ ।’