गाेरखा । पृथ्वी नारायण शाहले युद्धका समयमा प्रयाेग गर्ने गरेकाे क्वार्ज क्रिष्टल पत्थर राख्ने भनिएकाे गाेरखा कालिका मन्दिरमा साधारण विजुली बल्बकाे अभावमा अन्धकार रहने गरेकाे पाइएकाे छ । सामान्यतया १२\१५ वाटका बल्वहरु जलिरहने र फेर्नका लागि खर्च अभाव हुँदा अन्धकारमै रहेर सुरक्षाकर्मीहरुले सुरक्षा गर्ने गरेका छन् ।
क्वार्ज क्रिष्टल कालिका भगवतीकाे मन्दिरमा राख्नुपर्ने भएकाे हुँदा मन्दिरकाे बाहिरपटी भागमा सुरक्षा सहित राख्ने तयारी भएकाे प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताएका छन् ।
मन्त्रीपरिषदकाे निर्णय अनुसार नै राख्ने गरी तयारी भइरहेकाे छ । हाल गाेरखा दरबार सुरक्षाकाे लागि हनुमान ढाेकाबाट १० जना नेपाली सेना खटिएका छन् । उनीहरुले ४ जनाकाे दरले २४ घण्टा ड्युटी गर्दै आइरहेका छन् । यहाँ सिसि क्यामेरा पनि राखिएकाे रहेछ तर यसकाे मनिटर र व्याकअप नदेखिएकाे उनीहरुकाे भनाइ छ ।
गाेरखा बजार बत्तीले झलल भइरहँदा पुरातात्विक महत्वकाे गाेरखा दरबार क्षेत्र अन्धकार नै भइरहने गरेकाे सुरक्षा अधिकारीहरुले बताएका छन् । बहुमल्य पत्थरकाे सुरक्षा अहिलेकाे अवस्थामा आफूहरुले गर्न नसक्ने भनि प्रमुख जिल्ला अधिकारीलाइ जानकारी गराएका छाैँ । पत्थरकाे सुरक्षा जाे कसैले गरेर हुँदैन । हनुमान ढाेकाबाट सेना ल्याउनुपर्दछ । कम्तीमा पनि १० जना सेना ल्याएर पहरा दिइनुपर्ने उनीहरुले बताएका छन् ।
साेलारका बत्ती एकदुइ घण्टा भन्दा नचल्ने र यिनीहरुकाे प्रकाशले सबैतिर सुरक्षा गर्न चुनाैती समेत रहेकाे छ । पुरातात्विक महत्वकाे गाेरखा दरबार क्षेत्रमा रातभर बत्ती नजाने व्यवस्था गर्न गाेरखाले हालसम्म सकेकाे छैन् ।