लकडाउनले लामालाई ‘स्याउ किसान’ बनायो

आइतवार, भदौ १०, २०८०

भदौ , १० गाेरखा । विकट हिमाली क्षेत्रमा होटल व्यवसाय गर्दै आएका चुमनुब्री गाउँपालिका वडा नम्बर ४ का लाक्पा डुण्डुप लामा लकडाउनपछि स्याउका विरुवा रोपी व्यवसायिक रुपमा स्याउ किसान बनेका छन् । लामाले स्याउ उत्पादन गरेर बेच्न थालेको यो तेस्रो बर्ष हो । फर्ममा गोल्डेन डेलिसियस, गाला, क्वीन रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ उत्पादन हुँदै आएको छ ।

लामाको स्याउ गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ को चुमनुब्री बगैँचामा स्याउ टिप्न सुरु भएको छ । चुमनुब्री ४ नामरुङमा उत्पादन गरिएको स्याउ टिप्न सुरु भएकोे स्याउ व्यवसायी लाक्पा डुण्डुप लामाले बताए ।

आफ्नाे बगैँचाकाे स्याउबारीमा स्याउक किसान लाक्पा डुण्डुप लामा ।

अहिले स्थानीय माग आपूर्तिका लागि मात्र स्याउ टिप्ने काम भइरहे पनि र अबको केही दिनमा काठमाडौंको बजारका लागि स्याउ टिप्ने काम सुरु हुने लामाले बताए ।

मोटर बाटो नभएको कारण टिपेको स्याउ सबै कोल्डस्टोरमा राख्छौँ’, ‘अब पर्यटकहरु आउने सिजन भएको छ । मनास्लु हिमाल चढ्नका लागि आरोहीहरु हेलिकप्टरमा आउँछन । हेलिकोप्टर फर्किदा रित्तै हुन्छन , त्यसैमा स्याउ हालेर पठाइदिन्छौँ ।’अहिले स्थानीयहरुलाई खुद्रामूल्य प्रतिकेजी रु ३५० रुपैयाँ र होलसेलमा २५० रुपैयाँमा विक्री भइरहेको उनले बताए ।

फुजी प्रजातिकाे स्याउ

हेलीको साँटो मोटरबाट ढुवानी गर्न पाएको भए उत्तरी गोरखाको स्याउ सस्तोमा बेच्न सकिने लामाको भनाई छ ।

सामुद्रिक सतहबाट २७ सय मिटर उचाइमा फलेको ‘चुमनुब्री स्याउ’ अत्यन्तै रसिलो र स्वादिलो रहेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। विषादी, रासयनिक मल प्रयोग नभएको स्याउ शुद्ध र अर्गानिक रहेको उनकाे भनाइ छ ।

गएको वर्ष ३० हजार केजी स्याउ बिक्री गरेको र यस वर्ष उत्पादन बढ्ने लामाले बताउनुभयो । बगैँचामा १२ हजार ५ सय बोट स्याउ खेती गरिएको छ । स्थानीय स्तरमा उत्पादित स्याउबाट वाइन, जुस, रक्सी, केक, जेली, जाम गरी १० प्रकारको खाद्यपदार्थ बनाउने गरिएको छ । चुमनुब्रीमा रहेको आफ्नै होटलमा सिजनका बेलामा स्याउबाट बनेको केक र वाइनको राम्रो व्यापार हुने गरेको लामाको भनाइ छ ।

स्याउकाे जेली

चुमनुब्री वडा नम्बर ४ मा स्याउखेती हुन थाले पछि मनासलु पदमार्गमा पर्ने ल्होका चुमनुब्री गाउँपालिका २ ल्होका छिरिङ लामाले ४० रोपनी जमिनमा स्याउ खेती गर्नुभएको छ । उहाँको बारीमा यस वर्षदेखि स्याउ फल्न थालेको छ ।