
गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १० स्थित छेपेटारमा रहेका बुहारी समूहले गाेरखामा तीज गीत र लाखे नाच प्रदर्शन गरेका छन् । हाेटल गाेरखा गार्डेनमा भएकाे कार्यक्रममा उनीहरु तीज गीतमा छमछमी नाचेर रमाइलाे गरेका हुन् ।
बुहारीहरु घरकाे काम मात्र गर्ने हाे, बाहिर सामाजिक रुपमा सक्रिय हुनुहुँदैन भन्ने पुरातनवादी मान्यतालाइ चुनाैती दिँदै उनीहरुले दिनभरी नाचगान गरेर रमाइलाे गरेका छन् । वुहारी समूहकाे लाखे नाच र तीज गीत सहितकाे नाच सामाजिक सञ्जालमा यतिबेला भाइरल भएकाे छ ।
गाेरखा सामाजिक सञ्चालले उनीहरुकाे गीत र नाच बाहिर ल्याएकाे थियाे ।