साँकेतिक तस्वीर

अपराध/ दुर्घटना

मान्बुमा एक वृद्धा मृत फेला

By मनासलु

September 19, 2023

गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिका वडा नम्बर  १ श्यामचेतमा एक वृद्धाको  मृत्यु भएको छ । ७० बर्षीया सनमाया लामा आफ्नो घरभित्र काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको दुवै कानको लोती च्यातिएको तथा शरीर रगताम्य भेटिएकाले मृत्यु शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शेखर खड्काको टोली र इलाका प्रहरी कार्यालय आरुघाटको टोली घटनास्थल पुगेर मुचुल्का गरी शवको पोष्टमार्टम समेत गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।