
गाेरखा । चूमनुब्री २ स्याे गोरखाका छेवाङ दाेर्जी वृद्ध भत्ता लिन पैदल जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाकाे हेलिकप्टरबाट आज उद्धार गरिएकाे छ ।
साेमबार लडेका वृद्ध दाेर्जीकाे आज विहान उद्धार गरिएकाे साँसद राजेन्द्र बजगाइले जानकारी दिए । ८० वर्षिय वृद्धकाे उद्धारका लागि तत्कालै पहल गर्दा समेत समय लागेकाे उनले बताए । मनासलु सँरक्षण क्षेत्र भएकाेले यस क्षेत्रलाइ सरकारले निषेधित क्षेत्र घाेषणा गरेकाे छ । गृह मन्त्रालयकाे अनुमति नलिइ तत्कालै हेलिकप्टर उडाउन नपाइने अवस्था रहँदै आएकाे छ ।
निषेधित क्षेत्र खुला गर्न पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएकाे चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।