स्वास्थ्य सेवाकाे क्षेत्रमा गाेरखा नगरपालिका गण्डकी प्रदेश प्रथम

बुधबार, असाेज १७, २०८०

गाेरखा । प्रदेशमा रहेका ८५ वटा गाउँपालिका मध्ये गाेरखा नगरपालिका स्वास्थ्य सेवा क्षेत्रमा प्रथम भएकाे छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले गरेकाे मूल्याङ्कनमा गाेरखा नगरपालिका प्रथम भएकाे हाे ।

गाेरखा नगरपालिका मेयर कृष्ण रानामगरले प्रदेशका सबै पालिकाले राम्राे काम गरेकाे तर गाेरखा नगरपालिकाले सिर्जनात्मक ढँगले काम अघि बढाइरहेकाेले प्रथम हुन सफल भएकाे बताए ।

नगरपालिका क्षेत्र भित्र आधारभूत अस्पताल नभएकाले गाेरखा अस्तपाललाइ नगरले आधारभूत अस्पताल मानेकाे छ । नगरवासीलेअस्पतालबाट जनरल ओपिडि, १८ प्रकारका ल्याव परीक्षण, औषधि निशुल्क प्रदान गर्ने गरिएकाे छ ।

गाेरखा अस्पतालमा भर्ना भएर सुत्केरी गराउन समस्या परी सुविधासम्पन्न अस्पतालमा लैजानुपर्दा निशुल्क एम्बुलेस्न सेवा प्रदान गर्ने गरिएकाे मेयर रानाले बताए ।

माेतिविन्दुका विरामीहरुकाे निशुल्क शल्यक्रिया र उनीहरुलाइ चाहिने चश्मा लगायतका सामग्री गाेरखा नगरपालिकाले प्रदान गर्दै आइरहेकाे छ । आयुर्वेद औषधालयलाइ पनि त्यत्तिकै महत्व दिएर आफूहरुले काम गरिरहेकाे उनले बताए । विद्यालय तह सम्म याेग शिक्षाकाे कार्यक्रम अघि बढाइएकाे छ , बालबालिकाहरुकाे नियमित स्वास्थ्य जाँच गराइएकाे छ ।  बृद्धवृद्धाहरुकाे स्वास्थ्य उपचार र औषधिमा ध्यान दिइएकाे उनले बताए ।

निर्देशनालयले आइबार गाेरखा नगरपालिका र गाेरखा अस्पतालाइ प्रदेशकै उत्कृष्ट सेवा सहितकाे पालिका र अस्पताल घाेषणा गरेकाे थियाे । नगर र अस्पतालाइ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिँखडाले सम्मान गरेकी थिइन ।