
गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ५ भ्याकुरे गाउँमा साेलार जडित लिफ्टीङ खानेपानीकाे निर्माण सम्पन्न भएकाे छ ।
शहिदलखन गाउँपािलकाकाे रु १५ लाख, गाेरेटाे गाेरखाकाे २५ लाख, स्थानीय समुदायकाे १० लाख र साँसद विकास काेषबाट २० लाख गरी ७० लाखमा याेजना समपन्न भएकाे भ्याकुरे खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिका अध्यक्ष ओम बहादुर थापाले बताए ।
जनजाति र दलित समुदायकाे बसाेबास रहेकाे यस क्षेत्रमा विगत लामाे समयदेखि खानेपानीकाे समस्या रहँदै आएकाे थियाे । गाउँमाथि पानीकाे मुल नभएपछि गाउँबाट तल रहेकाे खाेलाकाे पानी लिफ्टीङ गरिएकाे उनले बताए ।
साेलारबाट माेटर चल्ने भएपछि आफूहरु खर्च कम हुने र सँरक्षण गरेर पानीकाे प्रयाेग गर्ने उनले बताए । गाउँमा पानी आएपछि खुशी भएका गाउँलेहरुले नाचगान गरेर रमाइलाे समेत गरेका थापाले बताए । आयाेजना सम्पन्न भएसँगै घण्टाै लगाएर पानी लिन जानुपर्ने बाध्यता हटेकाे वडा अध्यक्ष यम बहादुर रानाले बताए । कुल ६० घरधुरी रहेकाे यस गाउँमा ४०० भन्दा धेरै जनसँख्या रहेकाे उनकाे भनाइ छ ।