खाेटाङका गजेन्द्र राई बने लिगलिगका राजा

बुधबार, कार्तिक १, २०८०

गाेरखा ।  पालुङटार नगरपालिका लिगलिगे दौडको ११ औं सस्करण को लिगलिगे दाैड जितेर  नेपाली सेनाका गजेन्द्र राई २०८० का लागि लिगलिगका राजा  भएका छन् ।

५६ मिनेट ३६ सेकेन्डमा आफ्नो प्रतिद्वन्द्वी नरेन्द्र सिंह रावललाई १७ सेकेन्डले पछी पार्दै विजयी भएका थिए । पालुङ्टार नगरपालिका वडा नम्बर २ मा रहेकाे लिगलिगकाे एक वर्षका लागि राइ राजा भएका हुन् । पालुङ्टार नगरपालिकामा रहेकाे पर्यटकिय क्षेत्र लिगलिगमा समय समयमा लिगलिगे दाैड प्रतियाेगिता गरी राजा छनाैट हुने गरेकाे छ ।