डुम्रे नाहलादेखि छिर्कनेसम्म सडक कालाेपत्रे हुँदै

सोमवार, कार्तिक २०, २०८०

तनहुँ । जिल्लाकाे  बन्दिपुर  गाउँपालिका-१ नाहला देखि छिर्कने सम्म सडक कालाेपत्रे गर्न थालिएकाे छ । आँवुखैरेनी देखि पाेखरा सम्म सडक निर्माणकाे जिम्मा पाएकाे चिनिया कम्पनी थ्रीगर्जेजले एकलाइन कालाेपत्रे सुरु गरेकाे हाे । पहिलाे चरणमा एकतर्फी सडक कालाेपत्रे गर्न थालेकाे हाे ।

आयाेजनाले पहिलाे पटक मार्कीचाेक देखि एक्लेफाँट सम्म परीक्षण कालाेपत्रे गरेकाे थियाे । निर्माण सम्पन्न भएका खण्डमा एकतर्फी कालाेपत्रे गरेर अर्काे तर्फ थालिने आयाेजनाले जनाएकाे छ ।