
गाेरखा । जबरजस्ती करणी कसूरमा सिरानचाेकबाट एक जना पक्राउ परेका छन् । मिति २०७९।०४।०२ गते राती अं.२२:०० बजेको समयमा जिल्ला गोरखा सिरानचोक गा.पा. वडा नं.३ हर्मी घुरे गाउँ स्थितमा ऐ. ऐ. बस्ने बर्ष २९ को सन्जिव अधिकारीले बर्ष २४ की नाम परिवर्तित “(०८०।०८१) ढ कुमारी”लाई शौचालय जान बाहिर निस्केको अवस्थामा फेला पारी एक्कासी समाती जबरजस्ती करणी गरेको आराेप छ ।
घटनामा पीडित मार्फत जाहेरी दरखास्त प्राप्त भई निज सन्जिव अधिकारीलाई मिति २०८०।०७।१९ गतेको पक्राउ गरी आज मिति २०८०।०७।२० गते निज विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई घटनाको यस कार्यालयबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।