
गाेरखा । गोरखामा घरको पिढीबाट लडेर आँगनमा पुग्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–८, माथिल्लो फिनाम बस्दै आएका ६८ बर्षका भिमु गुरुङको आइतवार घरको पिढीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक रबिन्द्र अधिकारीले बताए ।
घरको पिढीबाट आँगनमा लड्न गई टाउकोमा गम्भीर चोट लागेर घाइते हुनुभएका गुरुङलाई प्राथामिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारका लागि पु्र्याइएकाे थियो । उहाँलाई स्वास्थ्य केन्द्रमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
घटना प्रारम्भिक अनुसन्धानपछि मृतकको शव पोष्टमार्टम गरी अन्त्येष्टीका लागि परिवारलाई आज बुझाइएको उनले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनााएको छ ।