गाेरखामा अशान्ति फैलाउने ढकाल प्रहरी फन्दामा

सोमवार, कार्तिक २०, २०८०

गाेरखा । मादक पदार्थ सेवन गरी गाउँमा अशान्ति फैलाउने शहिदलखनका एक नागरिक प्रहरी नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा शहीद लखन गाउँपालिका–९ धुसेनीका ५१ बर्षीय भुमिनन्द ढकाल हुन् ।

‘मादक पदार्थ सेवन गरी गाउँ घरमा जथाभावी गाली गलौज तथा हो–हल्ला गरी अशान्ति फैलाउने तथा वृद्धहरुलाई समेत गालीगलौज तथा हातपात गरेको भनी स्थानीय मार्फत जाहेरी दरखास्त प्राप्त भयो,’ प्रहरी निरिक्षक रविन्द्र अधिकारीले भने, ‘त्यही आधारमा उनलाइ पक्राउ गरेका छाैँ ’  पक्राउ परेका ढकाल बिरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।