
अभिशेक तामाङ । गाेरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले गाेरखा नगरपालिकाले जन्म देखि मृत्यु सम्मकाे व्यवस्थापन गरेकाे बताएका छन् । नगरपालिका स्थित वडा नम्बर १२ मा रहेकाे महेन्द्र मावि कुन्दुरकाे ६२ वार्षिकाेत्सव कार्यक्रमलाइ सम्बाेधन गर्दै उनले भने, गर्भवती महिलाकाे नियमित स्वास्थ्य जाँच, घरदेखि अस्पताल सम्मकाे एम्बुलेन्स सेवा र उपचार सेवा, गाेरखा अस्पतालबाट अन्य अस्पतालमा रिफर गर्दा एम्बुलेन्स सेवा नगरपालिकाले उपलब्ध गराएकाे छ । गाेरखा अस्पतालमा नगरवासीहरुका लागि १८ प्रकारका ल्याव र ९८ प्रकारका औषधि सहित निशुल्क सेवा र मानिसहरु मरेपछि घाटमा गर्नुपर्ने व्यवस्थापन सम्म नगरपालिकाले गरेकाे छ ।
मेयर राना मगरले भने, शिक्षामा नगरकाे ध्यान नगएकाे हाेइन गएकाे छ, विद्यालय भवनहरु जति सुन्दर छन् यहाँकाे शिक्षाकाे नतिजा त्यति सुन्दर छैन, शिक्षाकाे नतिजा सुधार गर्ने जिम्मा कस्काे हाे ? मेयर रानाकाे प्रतिप्रश्न छ । आगामि आर्थिक वर्षमा शिक्षा क्षेत्रमा लगानी बढाउने रानाकाे भनाइ छ ।
नगरपालिकाले नागरिकहरुका लागि गर्नुपर्ने काम गरिररहेकाे उनले बताए । नगरपालिका भित्र रहेका आँखाका विरामीहरुकाे उपचारका लागि माेतियाविन्द्काे अप्रेसन सहित लायन्स क्लव आँखा सेवा केन्द्रसँग सम्झाैता गरिएकाे उनले बताए । नगरले गरेका कामकै आधारमा प्रदेशका ८५ वटा पालिकामा गाेरखा नगरपालिका प्रथम भएकाे उनले बताए ।
बेनिखाेला ताल निर्माणाकाे काम भइरहेकाे छ । यसले पर्यटनमा ठूलाे सघाउ पुर्याउने छ । वडा नम्बर १० मा समेत पर्यटन क्षेत्रकाे विकासका याेजना बनिररहेका छन् ।
विकास निर्माणका काम स्थानीय जनशक्तिबाट नै गर्ने गरी वडा नम्बर ११ मा दक्ष कामदार उत्पादन गरिसकेकाे उनले बताए । गाेरखा नगरपालिकालाइ कृषि र पर्यटन क्षेत्रबाट अघि बढाउने र नगरकाे १२ नम्बर वडालाइ शेरामिक्सकाे बजारकाे रुपमा विकास गर्ने नगरकाे याेजना रहेकाे उनले बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ गाेरखाका प्रमुख सुवास आचार्यले महेन्द्र मावि कुन्दुरले गरेकाे शिक्षाकाे प्रगति सन्ताेषजनक रहेकाे बताए ।
वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापाले सामुदायिक विद्यालयकाे सुधारका लागि गर्नुपर्ने काम निरन्तर गर्ने बताए । वडा नम्बर ११ का अध्यक्ष राम बहादुर खड्काले महेन्द्र मावि कुन्दुर वडा नम्बर ११ काे समेत अभिभावक विद्यालय रहेकाे र विद्यालय प्रति आफ्नाे विछट्टै माया रहेकाे बताए ।
कार्यक्रममा शिक्षक महासँघका नेता ध्रुवनाथ भट्ट, छिमेकी विद्यालयका प्रअ अनिल अँगाइ गुणस्तर परीक्षण समिति सँयाेजक राधिका कुमाल लगायतले वार्षिकाेत्सवकाे शुभकामना राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक गाेपालबाबु मरहट्टाले विद्यालयकाे आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयमा आयाेजना भएका विभिन्न कार्यक्रममा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृति प्रदान गरिएकाे थियाे ।
विद्यार्थीहरुले कार्यक्रममा साँगितिक काेशेली समेत प्रस्तुत गरेका थिए ।