राइजिङ्ग स्टार युथ क्लबकाे आयाेजनामा नक आउट चरणकाे फूटवल प्रतियाेगिता

बिहिबार, कार्तिक २३, २०८०

गाेरखा । गोरखा नगरपालिका वडा नं.१२ को १० किलोमा नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । राइजिङ्ग स्टार युथ क्लबको आयोजना भएको फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका सांसद एवं नेपाली कांग्रेसको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन् ।

प्रतियोगितामा मंगलबार दुई टिम बिच प्रतिस्पर्धा भएको थियो । राइजिङ्ग स्टार युथ क्लब र सरस्वती सेकिङ युवा क्लब बीच भएको खेलमा राइजिङ्ग स्टारले सरस्वती सेकिङलाई १–० गोलले पराजित गरेको आयोजकले जनाएको छ । उक्त खेलमा १८ टिमको सहभागिता हुने क्लबको अध्यक्ष किरण आलेले बताए ।

प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले एक लाख एक हजार १११ र ५० हजार ५५५ प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनल पुग्ने प्रत्यक टिमले २०/२० हजार र सर्वोत्कृष्ठ खेलाडी, सर्वोत्कृष्ठ गोलरक्षक, सर्वोत्कृष्ठ गोल कर्ताले ५/५ हजार प्राप्त गर्ने क्लबले जनाएको छ ।

क्लबको अध्यक्ष आलेको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद एवं नेपाली कांग्रेसको प्रमुख सचेतक न्यौपानेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नं १२ को वडाध्यक्ष डिलबहादुर थापा, क्लबको तर्फबाट रशु थापाले मन्तव्य राखेका थिए ।