राईजिङ्ग स्टार कप–२०८० को उपाधि मस्र्याङ्गदी युथ क्लबले चुम्याे

मङ्लबार, कार्तिक २८, २०८०

गाेरखा ।  मस्र्याङ्गदी युथ क्लब आँबुखैरेनी दोस्रो राईजिङ्ग स्टार कप–२०८० को उपाधि चुमेकाे छ । आईतबार भएको फाईनल खेलमा आयोजक राईजिङ्ग स्टार युथ क्लबलाई ० का विरुद्ध १ गोल गर्दैै मस्र्याङ्गदी युथ क्लब दोस्रो राईजिङ्ग स्टार कपको च्याम्पियन बनेको हो ।

खेलमा मस्र्याङ्गदी युथ क्लबका लागि सन्त बहादुर गुरुङ्ग(कान्छा) ले गरेको गोल नै जितको लागि निर्णायक गोल बन्यो । प्रतियोगितामा च्याम्पियन बनेको मस्र्याङ्गदी युथ क्लबले नगद रु. १ लाख १ हजार १ सय ११ रुपैंया, ट्रफि, मेडल, प्रमाणपत्र हात पारेको छ ।

उपविजेता बनेको आयोजक राईजिङ्ग स्टार युथ क्लबले नगद रु. ५० हजार ५ सय ५५ रुपैंया, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । नेपालीहरुको महान चार्ड शुभदिपावलीको अवसरमा राईजिङ्ग स्टार युथ क्लब १० कि.मी. गोरखाले कार्तिक २२ गतेदेखि खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।