शुक्रबार प्रधानमन्त्री आँवुखैरेनी आउने

बिहिबार, कार्तिक ३०, २०८०

गाेरखा । प्रधानमन्त्री पुुष्षकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार आँवुखैरेनी आउने भएका छन् । एक वर्ष अघि सेवा शुभारम्भ गरेकाे आँवुखैरेनी गाउँपालिकाकाे अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री आँवुखैरेनी आउन लागेका हुन् ।

प्रधानमन्त्री विहान ११ बजे आँवुखैरेनी आइपुग्ने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पताल उद्घाटनसँगै प्रधानमन्त्री प्रचण्डले निर्वाचित जनप्रतिनिधिहरुलाइ प्रशिक्षण दिने कार्यक्रम समेत रहेकाे बताइएकाे छ ।  गण्डकीमा आँवुखैरेनी गाउँपािलकाले १५ शैया क्षमताकाे अस्पतालकाे विधिवत रुपमा उद्घाटन गर्न लागेकाे हाे ।