सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

बिहिबार, कार्तिक ३०, २०८०
A helicopter in flight

कार्तिक ३० गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थित चुम्चेतकी २५ वर्षिय महिला सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा पेमा छोेटेन लामालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरी काठमाण्डौ स्थित प्रसुती गृृह थापाथली लगिएको हो ।

लामालाई लामो समय सुत्केरी व्यथा लागेपछि स्वास्थ्यकर्मीले जोखिम देखेर उद्धारका लागि अनुरोध गरेका थिए । आज विहान महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हेलिकप्टर पठाएपछि महिलाको उद्धार भएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जानकारी दिए ।