आँवुखैरेनी अस्पताल उद्घाटनकाे तयारी पूरा

बिहिबार, कार्तिक ३०, २०८०

तनहुँ । आँवुखैरेनी गाउँपालिकाले १५ शैया क्षमताकाे अस्पताल उद्घाटनकाे तयारी पूरा भएकाे जनाएकाे छ । प्रधानमन्त्री पुष्षपकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रमकाे तयारी पूरा भएकाे हाे ।

अस्पताल परिसर सरसफाइ गरेर बेडहरु जडान गरिएका छन् । शुक्रबार नेपाली सेनाकाे हेलिकप्टरबाट विहान ११ बजे प्रधानमन्त्री दाहाल आँवुखैरेनी आउने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्रीकाे आगमनलाइ मध्यनजर राखि जिल्लाकाे शान्ति सुरक्षा समेत कडा पारिएकाे छ ।