प्रेस सेन्टर, पार्टी निर्माणमा लाग्नुपर्दछ : इञ्चार्ज काेइराला

शनिबार, मंसिर २, २०८०

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका गाेरखा जिल्ला इञ्चार्ज दिपक काेइरालाले प्रेस सेन्टर नेपाल कम्युनिष्ट पार्टी मा‌ओवादी केन्द्र निर्माणमा लाग्नुपर्ने बताए । प्रेस सेन्टर  पार्टीकाे अग्रदस्ता भएकाले सङ्गठन निर्माणमा अघि बढ्नुपर्ने उनकाे भनाइ छ । आज गाेरखा जिल्ला स्थित गण्डकी गाउँपालिकामा आयाेजित गाेरखाली पत्रकारहरुकाे भेलालाइ सम्बाेधन गर्दै काेइरालाले भने,’प्रेस सेन्टरका पत्रकारहरु अग्रमाेर्चामा रहनुपर्दछ, पत्रकार सँधै चनाखाे भइ काम गर्नुपर्दछ, जटिलतालाइ समाधान गर्न पार्टीले पहलकदमी लिन्छ। ‘

व्यावसायिक पत्रकारिता गर्न प्रेस सेन्टरका पत्रकारहरु पछि पर्न नहुने उनले बताए । राज्यका सामान्य दायित्व पूरा गराउन समेत पत्रकारहरु चनाखाे भइरहनुपर्ने उनकाे भनाइ छ ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष निर्मल ज्ञवालीले गाेरखाका पत्रकारहरु सुप्रिमाे प्रचण्ड समान रहेकाे बताउँदै सँगठन निर्माणमा गाेरखाबाट अरुले समेत पाठ सिक्नुपर्ने बताए । पत्रकार साथीहरुलाइ परेका अफ्ठ्यारा हटाउन प्रेस सेन्टर नेपाल लागि पर्ने बताउँदै नेपालकै केन्द्रमा रहेकाे गाेरखाले अरुलाइ समेत मार्ग दर्शन गर्नुपर्ने बताए । सङ्गठनका साथिहरुकाे पत्रकारिताका लागि आवश्यक पर्ने तालिम दिन केन्द्र तयार रहेकाे उनकाे भनाइ छ ।

नेकपा मा‌‌ओवादी केन्द्रका केन्द्रिय सदस्य सुमन देवकाेटाले पार्टी अभियानकाे प्रचारमा प्रेस सेन्टर गाेरखाकाे भूमिका पूर्ण नभएकाे बताए । पार्टीकाे तीन महिने अभियानकाे अनुकरणिय काम हुँदा समेत प्रचार हुन नसकेकाे उनकाे भनाइ छ ।

नेकपा माओवादी केन्द्र गाेरखा पार्टी सँयाेजक दिपक तिमिल्सिनाले पार्टीले पत्रकार साथीहरुकाे हितका लागि काम गर्ने कुरामा कुनै सन्देह नभएकाे बताए । पत्रकारले समाजलाइ सहि बाटाेमा डाेर्याउन मार्ग दर्शन गर्नुपर्ने, जिल्लामा भएका गतिविधिका बारेमा कुनै आग्रहपुर्वाग्रह नराखी कलम चलाउनुपर्ने बताए । धेरै अनुकरणीय कामहरु पालिकामा भएपनि त्यसकाे उचित प्रचारप्रसार हुन नसकेकाे उनले बताए । मा‌‌ओवादी पार्टी हिजाेदेखि नै पत्रकारहरुकाे रक्षा गर्दै आएकाे  बताउँदै माओवादी पार्टीले सञ्चार माध्यमहरुकाे सँधै रक्षा गर्ने बताए ।

नेकपा मा‌‌‌‌‌‌‍‍‌‌‌ओवादी केन्द्रका प्रदेश सदस्य अँकुर तिमिल्सिनाले पार्टी सुदृढीकरण अभियानमा प्रेसका साथिहरुकाे भूमिका नपुगेकाे बताए । साथिहरु आफ्नाे जिम्मेवारी पूरा गर्नतिर अघि बढ्नुपर्ने उनकाे भनाइ छ । पत्रकारहरुकाे रक्षार्थ पार्टी सँधै लागि पर्ने उनले बताए ।

गाेरखा नगरपालिका प्रमुख कृष्ण बहादुर रानाले मिडिया चलाउनु सामान्य नभएकाे बताए । मिडिया सञ्चालनका  लागि सीप र क्षमता मात्रै नभइ बजारकाे समेत राम्राे व्यवस्था हुनुपर्ने उनकाे भनाइ छ । नगरपालिकामा मिडियाकर्मीहरुकाे ठूलाे अपेक्षा रहेकाे र सिमित स्राेत साधनका कारण कसैकाे पनि माग पूरा गर्न नसकिएकाे उनले बताए ।

कार्यक्रममा सहभागि ३० जना भन्दा धेरै पत्रकारहरुले आ आफ्ना सुझाव प्रदान गरेका थिए । प्रेस सेन्टर गाेरखाका अध्यक्ष दान बहादुर गुरुङकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव धन बहादुर तामाङले गरेका थिए । कार्यक्रमकाे ‌‌‍औचित्यका बारेमा प्रेस सेन्टर गाेरखाका इञ्चार्ज राजेन्द्र न्याैपानेले स्पष्ट पारेका थिए भने सेन्टरका गाेरखा जिल्ला उपाध्यक्ष राजेश पाैडेलले स्वागत मन्तव्य राखेका थिए । अभियान निरन्तर जारी रहने प्रेस सेन्टर गाेरखाका सचिव तामाङले बताए ।