राजेन्द्र न्याैपाने ।
गाेरखा । जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिँगला गाउँ स्थित भिसी थमन पार्कबाट रेसे फाँट सम्म आज डवल क्यावमा प्याराग्लाइडिङ सुरु भएको छ ।
धार्चे गाउँपालिकामा रहको पर्यटनको प्रशस्तै सम्भावनाको प्रचारप्रसारको लागि प्याराग्लाइडिङ गरिएको हो । चार वटा डबल र तीन वटा सिँगल प्याराग्लाइडरहरु थमन पार्कबाट उठेर रेसे फाँटमा उत्रिएका थिए ।
खेलमा एसीयन ओलम्पिक मेडल विजेता विजय गौतम, खेलाडी विष्णु गौतम समेतको सहभागिता रहेको थियो ।
स्काइराइडर प्याराग्लाइडिङ प्रा.लि. पोखराको प्राविधक सहयोगमा धार्चेमा प्याराग्लाइडिङ गरिएको हो ।
धार्चे गाउँपालिका वडा ५ मान बहादुर गुरुङ राइडर विगत लामो समय देखि यस क्षेत्रमा राइडरको रुपमा रहँदै आएका छन् । धार्चेमा भएको सफल उडान सँगै यहाँ साहसिक प्याराग्लाइडिङका लागि विदेशी पर्यटकहरुको आगमन दर बढ्ने अपेक्षा गरिएको छ । साहसिक पर्यटन यात्रामा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले समेत भाग लिएका छन् ।