छेपेटारमा भएकाे निशुल्क स्वास्थ शिविरमा ४८० जनाले सेवा लिए

आइतवार, फाल्गुन २०, २०८०

अभिषेक तामाङ  । गाेरखा  । जिल्लाकाे  गाेरखा नगरपालिका वडा नम्बर १० स्थित छेपेटार आधारभूत स्वास्थ्य केन्द्रमा पन्त समाजले गरेकाे निशुल्क स्वास्थ्य शिविरमा ४८० जनाले सेवा लिएका छन् ।  शुक्रबारबाट सुरु भएकाे शिविर शनिबार सकिएकाे हाे । शिविरकाे पहिलाे दिन ३२० जना र दाेस्राे दिन १६० जनाले सेवा लिएका सेवा केन्द्रले जानकारी दिएकाे छ ।

शिविरकाे अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौको सहकार्यमा छारेरोग, स्नायु, मानसिक रोग, सर्जरी तथा हाडजोर्नी स्वास्थ्य शिविरका सभापति- पन्त समाज नेपालका अध्यक्ष अप्रा. रथी अमर पन्त प्रमुख अतिथि वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले उद्घाटन गरेका थिए ।

ग्रामिण क्षेत्रमा विषेशज्ञ सेवा पाएपछि सेवाग्राहरु खुशी भएका छन् ।  कार्यक्रम समापनका क्रमा छेबेटार आधारभुत स्वास्थ्य केन्द्र द्वरा न्यूरो सर्जन डा. बसन्त पन्त ज्यु र बसन्त पन्त सहित २२ जना समुहलाई मायाकाे चिनाे र सम्मानपत्र प्रदान गरिएकाे थियाे ।  साथै गाउँमै विभिन्न रोगको उपचार गर्न पाउँदा मानिसहरु खुशी व्यक्त गरेका छ्न्।

पन्त समाज नेपालको आयोजनामा गोरखा जिल्लाको छेबेटारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा विशेषरूपमा सहयोग गर्नुहुने अन्नपूर्ण न्युरो अस्पताल काठमाडौँ ,छेबेटार आधारभुत स्वास्थ्य केन्द्र गोरखा , गोरखा नगरपालिका वडा नम्बर १० र ६ को कार्यालय गोरखा , श्री रिपुमर्दन गण गोरखा ,सशस्त्र प्रहरी बल ,नेपाल प्रहरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, स्थानीय नागरिकहरुकाे साथ र सहयाेग रहेकाे थियाे ।